नेपालमा निजी क्ष्ँेत्रको विकासका लागि संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधिले विशेष पहल गर्ने
२०६६ कार्तिक १९
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले नेपालमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षतिर लान संयुक्त राष्ट्र संघको भूमिकालाई अझ प्रभावकारी बनाउने र नेपाललाई विश्व सामू चिनाउने तर्फआफूले आफ्नो कार्यकालमा प्राथमिकताका साथ विशेष पहल गर्ने जानकारी दिनु भयो।
सो कुरा उहांले आज चेम्बरका पदाधिकारी एवं का.स.सदस्यहरुसंगको भेटघाटमा बताउनु भएको हो ।
सो अवसरमा स्थायी प्रतिनिधि आचार्यले नेपाल अतिकम विकसित मुलुकहरुको गु्रपको अध्यक्ष भएको नाताले नेपालको नेतृत्वलाई प्रभावकारी र सफल बनाउन आफू कटिबद्ध रहको विचार व्यक्त गर्दै सन् २०११ मा अतिकम विकसित मुलुकहरुको चौथो सम्मेलन अगावै ती मुलुकका निजी क्ष्ँेत्रले विकासका लागि खेल्न सक्ने भूमिका र उनीहरुको अपेक्षाका विषयमा छलफल गर्न अन्तर्रर्ााट्रय सम्मेलन गर्ने सोच पनि रहेको जानकारी दिनु भयो ।
प्रतिनिधि आचार्यले दीगो शान्तिका लागि मुलुकमा आर्थिक विकास पनि संगसंगै हुनु पर्ने कुरामा जोड दिदै निजी क्ष्ँेत्रको विकास विना र आर्थिक क्षेत्रको विकास विना नेपालको विकास नहुने भएकोेले निजी क्ष्ँेत्रको विकासका लागि आफूले पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपालको विकास कार्यक्रममा संयुक्त राष्ट्र संघको योगदान र सक्रियताको प्रशंसा गर्दै परिवर्तित विश्व आर्थिक वातावरणमा अब संघले नेपालको निजी क्ष्ँेत्रको विकासको उत्थानमा पनि आफ्नो सक्रियता बढाउनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष मालाकारले नेपालमा जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गर्न संयुक्त राष्ट्र संघ लगायत अन्य दातृ निकायहरुको सहयोग नेपाललाई आवश्यक पर्ने भएकोले सो दिशा तर्फस्थायी प्रतिनिधिले आफ्नो ध्यान केन्द्रित गर्नु पर्ने साथै अतिकम विकसित मुलुकहरुको समूहको नेतृत्व नेपालले गरिरहेको र हालै सम्पन्न सो समूहको सम्मेलनबाट पारित प्रतिबद्धताहरु समयमा नै कार्यान्वयन गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले नेपालमा दीगो शान्ति स्थापनाका लागि निजी क्षेत्रले सक्दो पहल गरिरहेको बताउनु हुदै देशभर फैलिएको आफ्नो संजाल मार्फ पर्ुननिर्माण र पर्ुनस्थापनामा समेत सहयोग पुर्याउन सकिने विचार व्यक्त गर्नु भयो ।
सरकारी निकायमा भएको अवाञ्छित क्रियाकलाप प्रति नेपाल चेम्बर अफ कमर्सको खेद
२०६६ कार्तिक १७
केही राजनीतिक पार्टर्ीी कार्यकर्ताहरुले केही दिन अघि वीरगन्ज भन्सार कार्यालय हातास्थित आयातित फर्नेस आयलको जांचपास प्रक्रियामा गरेकोे हस्तक्षेप प्रति नेपाल चेम्बर अफ कमर्सको गंभीर ध्यानाकर्षा भएको छ ।
सम्पर्ूण्ा कानूनी प्रक्रिया पुर्याई आयात गरिएको उक्त सामानको विषयमा नचाहिदो रुपमा शंका-उपशंका गरी गैरसरकारी तथा गैरअधिकारीहरुले सामानको आवातजावातमा रोक लगाई सामानलाई नष्ट गर्ने चेष्टा गरेर उद्योग र व्यापार नै धराशायी हुने किसिमको कार्य प्रति हामी खेद प्रकट गर्दछौं ।
अराजक तत्वहरुले यसरी कानूनी राज्यको खिल्ली उडाउदै विधिको शासन कायम गर्न खटिएका आफ्नै कर्मचारीहरु माथि नचाहिदो दवाब दिदां एवं हातपात गर्दा पनि सरकार पक्षबाट अपराधीहरुलाई कुनै किसिमको कारवाही नगरेकोमा सम्पर्ूण्ा निजी क्ष्ँेत्र नै आर्श्चर्यचकित भएको छ ।
मुलुकको ब्रि्रदो राजनीतिक परिस्थिति एवं संक्रमणकालिन अवस्थाका कारण ब्रि्रदै गएको औद्योगिक एवं व्यवसायिक वातावरणलाई यस्ता अराजक क्रियाकलापहरुले झन् मलजल थप्ने हामीले महशुस गरेका छौं । सँथै भन्सार कार्यालय जस्तो सरकारी निकायमा अवान्छित क्रियाकलापहरु हावी हुदै जाने हो भने निजी क्ष्ँेत्र झन् हतोत्साही भई मुलुकको उद्योग एवं व्यापारमा नै नकारात्मक असर पर्ने निश्चित छ ।
तर्सथ यस्ता अराजक क्रियाकलापहरु गर्नेलाई सम्बन्धित निकायले कडा भन्दा कडा कारवाही गरी घट्दै गरेको निजी क्षेत्रको मनोबललाई माथि उकास्ने कार्य गर्न नेपाल चेम्बर अफ कमर्स हार्दिक अपिल गर्दछ ।
नेपाल र पाकिस्तानको आर्थिक सम्बन्ध अभिवृद्धिका विषयमा दर्ुइ देशका निजी क्ष्ँेत्रबीच छलफल
२०६६ कार्तिक १५
नेपाल र पाकिस्तानबीच आर्थिक सम्बन्ध तथा व्यापारिक एवं लगानी अभिवृद्धि गर्ने सम्बन्धमा नेपाल चेम्बरका पदाधिकारी तथा पाकिस्तानको सियालकोट चेम्बर अफ कमर्सका प्रतिनिधिहरुबीच आज द्धिपक्षीय छलफल भएको छ ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपाल र पाकिस्तानबीच व्यापार अभिवृद्धिको प्रचूर संभावना रहेको र यस्को लागि दर्ुइ देशबीचका निजी क्ष्ँेत्रबीच सहकार्य हुनु पर्ने बताउनु भयो।
अध्यक्ष मालाकारले नेपाल र पाकिस्तानबीचको व्यापारमा देखिएको ढुवानीको समस्या हटाउनका लागि दर्ुइ देशको निजी क्ष्ँेत्र एवं सरकारले विशेष पहल गर्नु पर्ने बताउनु हुदै पाकिस्तानमा नेपालका कृषि-प्रशोधनका उत्पादनहरु, छाला, औषधिजन्य उत्पादनहरु आदिको निकासीको निकै संभावना रहेको बताउनु भयो । साथै उहांले पाकिस्तानमा रहेको नेपाली कुटनीतिक नियोगले यस विषयमा उल्लेखनीय भूमिका निभाउनु पर्ने विचार पनि व्यक्त गर्नु भयो ।
अध्यक्ष मालाकारले नेपालमा पर्यटन, जलश्रोत, सूचना प्रविधि, छाला तथा छालाजन्य उत्पादनका क्षेत्रहरुमा पाकिस्तानी लगानीकर्ताहरुलाई संयुक्त रुपमा लगानी गर्न अनुरोध गर्दै नेपाल र भारतबीच हालै सम्पन्न वाणिज्य सन्धिबाट भारतीय बजारमा नेपाली उत्पादनहरुको पहुंच सरल भएको औल्याउंदै यसबाट फाइदा लिन समेत अनुरोध गर्नु भयो ।
सो अवसरमा सियालकोट चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलका नेतृत्व गर्नु भएका संघका पर्ूव अध्यक्ष मियान नयिम जावेदले भ्रमणको उपलब्धिको बारे बताउनु हुदै यस दौरानमा छाला जन्य उत्पादन, निर्माणको क्षेत्र तथा उर्जाको क्ष्ँेत्रमा संयुक्त लगानी गर्ने विषयमा नेपाली लगानीकर्ताहरुसंग सकारात्मक पहल भएको र चाडै नै सोको कार्यान्वयन हुने जानकारी दिनु भयो ।
उहांले सियालकोटमा निजी क्ष्ँेत्रको पहल तथा लगानीबाट निर्मित अन्तर्रर्ााट्रय विमानस्थलमा लगानी गर्न आह्वान गर्नु हुदै पाकिस्तानबाट र्सर्जिकलका उत्पादनहरु, खेलकूदका सामग्रीहरु, बासमति चामलहरु निकासी गर्ने सकिने तथा नेपालबाट हर्बलका उत्पादनहरु आयात गर्न सकिने जानकारी दिनु भयो ।
कार्यक्रममा पाकिस्तानका लागि नेपालका राजदूत बलबहादुर कुंवरले नेपाल र पाकिस्तानबीच आर्थिक तथा व्यापारिक सम्बन्ध अभिवृद्धिका लागि आफू लागि पर्ने बताउनु हुदै भ्रमणको दौरानमा नेपाल र पाकिस्तानका लगानीकर्ताहरुबीच भएको सकारात्मक सम्बन्ध र पहलको विषयमा खुशी व्यक्त गर्नु भयो ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सका प्रथम उपाध्यक्ष लोक मान्य गोल्छाले दर्ुइ देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्ने संभावनाहरु धेरै रहेको र यस तर्फदुबै देशका निजी क्ष्ँेत्रहरुको प्रयास जारी रहनु पर्ने बताउनु हुदै व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान पनि भइरहनु पर्ने जरुरत बताउनु भयो ।
नेपाल र क्यानडाको आर्थिक सम्बन्ध अभिवृद्धिका विषयमा छलफल
२०६६ कार्तिक ९
क्यानडाका लागि नवनियुक्त राजदूत डा. भोजराज घिमिरेले नेपाल र क्यानडाबीचको व्यापार र लगानीलाई मजबूत र सुदृढ बनाउन आफू लागिपर्ने बताउनु हुदै आफ्नो कार्यकालमा दर्ुइ देशबीच लगानी संरक्षण तथा दोहोरो कर मुक्त सम्झौताहरु गराउन विशेष पहल गर्ने बताउनु भयो ।
उक्त जानकारी राजदूत डा. घिमिरेले नेपाल चेम्बरका अध्यक्ष लगायत पदाधिकारीसंगको भेटघाटमा बताउनु भएको हो ।
सो अवसरमा राजदूत डा. घिमिरेले क्यानडाका लगानीकर्ताहरु नेपालमा जलश्रोतको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको, पर्यटन वर्ष२०११ लाई सफलतापर्ूवक सम्पन्न गर्न प्रयासरत रहने, क्यानडामा रहनु भएका कन्सुलर जेनरलहरुलाई क्रियाशिल गराउने र नेपाल तथा क्यानडाका निजी क्ष्ँेत्रबीच अन्तरक्रिया कार्यक्रम गरी द्धिपक्षीय लगानी र व्यापार अभिवृद्धि गराउने सोच रहेको जानकारी दिनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपाल सरकारले क्यानडामा कुटनीतिक नियोग स्थापना गरेर दर्ुइ देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन उल्लेखनीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै यसबाट क्यानडामा नेपाली उत्पादनहरु तथा लगानीको पर््रवर्द्धन गर्न ठूलो टेवा पुग्ने विचार व्यक्त गर्नु भयो ।
उहांले नेपालमा जलश्रोत, पर्यटन, सूचना प्रविधि, फर्मास्युटिकल्सका क्षेत्रहरुमा क्यानडाली लगानीकर्ताहरुलाई आकर्षा गर्न सकिने जानकारी दिनु हुदै द्धिपक्षीय व्यापारमा नेपालले व्यहोर्दैै आएको व्यापार घाटा कम गर्नमा राजदूत डा. घिमिरेले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले क्यानडामा नेपाली कागज, अर्गेनिक चिया-कफि, पश्मिना, गलैंचा जस्ता उत्पादनहरुको निर्यातको संभावना रहेकोले यस विषयमा पनि राजदूत डा. घिमिरेको ध्यानाकर्षा गराउनु भयो ।
कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेतले क्यानडाली उपभोक्ताहरु गुणस्तरको विषयमा बढी सजग भएकोले यस विषयमा नेपाली उद्योगीव्यापारीहरु पनि र्सतक रहनु पर्ने बताउनु हुदै नेपालको निर्यातयोग्य वस्तुहरुको, नेपालमा लगानीको अवसरको तथा पर्यटन क्ष्ँेत्रको प्रचार प्रसार गर्नका लागि तहां आयोजना हुने विभिन्न मेलाहरुमा नेपालको सहभागिताका लागि विशेष पहल गर्नु पर्ने सुझाव दिनु भयो ।
नेपालको आर्थिक विकासमा नेपाली उद्योगी/व्यापारी र गैरआवासीय नेपालीहरुबीच सहकार्य गर्न सहमत
२०६६ कार्तिक ८
गैर आवासिय नेपाली संघका नव निर्वाचित अध्यक्ष लगायत सदस्यहरुको सम्मानमा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित एक कार्यक्रममा संघ अध्यक्ष देवमान हिराचनले गैरआवासीय नेपालीहरु देशको व्यवसाय पर््रवर्द्धनका लागि विना तलबको प्रतिनिधि भएर आफू बसेको देशमा काम गर्न तयार रहेको बताउनु भयो ।
सो अवसरमा अध्यक्ष हिराचनले गैरआवासीय नेपाली संघले आगामी दिनमा अझ सशक्त र जिम्मेवार भई निजी क्षेत्र लगायत सरोकार सवै पक्षको सल्लाह र सुझाव अनुसार नेपालको विकाशमा लागी पर्ने वताउनु भयो । नेपाली वस्तुको प्रतिश्पर्धात्मक क्षमताको पहिचान गरी उत्पादन गरिएमा नेपालको पहिचान तथा निर्यातमा समेत योगदान पुग्नसक्ने हुंदा ५५ देशमा फैलिएको एनआरएनको संजाल मार्फ नेपाली वस्तुको बजार पर््रवर्द्धन, प्रविधि हस्तान्तरण लगायतमा सहयोग गर्ने पं्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा चेम्बरका अध्यक्ष सुरेन्द्र्र वीर मालाकारले गैरआवासीय नेपाली संघको परिकल्पना चेम्बरबाट शुरु भएकोे स्मरण गर्दै यसले मर्ूतरुप पाएकोमा खुशी व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले गैरआवासीय नेपालीले नेपालको औद्योगिक, व्यवासायीक र सामाजिक क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालको आर्थिक र सामाजिक रुपान्तरणका लागि अझ ठोस र सशक्त योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो ।
अध्यक्ष मालाकारले संघले सरकारसंग माग गरेका सुविधाहरु प्राप्त हुनुपर्ुर्ने चेम्बरको मान्यता रहेको वताउंदै विभिन्न देशमा रहेको यसका सञ्जालबाट नेपाली उद्योग वाणिज्य क्षेत्रको विकाशमा सहयोग, निजी क्षेत्रको विकाश, निजी सरकारी साझेदारीमा जोड, शिपमुलक कार्यक्रम सञ्चालन लगायतमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा आर्थिक पत्रकार समाजका अध्यक्ष नारायण सापकोटाले गैरआवासीय नेपालीहरुले नेपालको विकास गर्ने सकारात्मक धारणा लिएकाले नेपाली प्रेस जगतले पनि उनीहरुलाई प्राथमिकता दिएको बताउनु भयो । साथै उहांले यो प्राथमिकतालाई बुझेर गैरआवासीय नेपालीहरुले देशको आर्थिक विकासमा सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
छलफलमा जापानका एनआरएन किरण विक्रम थापाले अब राजनीतिलाई भन्दा पनि सबैले मुलुकको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै यस विषयमा निजी क्ष्ँेत्रले सरकार एवं सम्बन्धित पक्षहरुलाई झक्झक्याई रहनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत, कोषाध्यक्ष राजेन्द्र मल्ल तथा सचिव कमलेश अग्रवालले सरकारले निजी क्षेको भुमिका मुल्याकंन गर्न नसकेको, राजनैतिक अन्योलता रहेको वताउंदै गैरआवासीय नेपालीबाट दर्ीघकालिन परिकल्पना आउनुपर्ने वताउनु भयो ।