Home | Contact | Feedback


Home
Introduction
About Nepal
Executive Members
Secretariat
Policies
Publication
Press Releases
Members Information
Honorary Representative Abroad
Photo Gallery
Related Sites


Currency Buying Selling
US 74.55 75.15
Euro 95.48 96.24
Pound 114.60 115.52

More



View Detail
Home » Press Releases
Press Releases

अनिश्चितकालिन आमहडताल फिर्ता लिन नेपाल चेम्बर अफ कमर्सको अपिल

२०६६ माघ ८

यही माघ १० गते आइतबारदेखि एकिकृत नेकपा -माओवादी) पार्टर्ीी आफ्नो चौथो चरणको आन्दोलन स्वरुप संचालन गर्न लागेको अनिश्चितकालिन आमहडताल तत्काल फिर्ता लिई जनआन्दोलन दोश्रोबाट नेपाली जनताले देखाएको आशा र विश्वासलाई सम्मान गर्न नेपाल चेम्बर अफ कमर्स हार्दिक अपिल गर्दछ । तरल राजनीति, शान्ति सुरक्षाको अभाव, औद्योगिक वातावरणको कमी, श्रम समस्या, आर्थिक मन्दी, बढ्दो अपराधिक गतिविधि जस्ता विभिन्न कारणहरुले मुलुकको अर्थतन्त्र धराशायी भएको परिवेशमा यस्ता सम्पर्ूण्ा क्षेत्र नै निश्त्रिmय बनाउने क्रियाकलापले मुलुक झन् दलदलमा भांसिने र मुलुक थप असफलता तर्फलम्किने संभावना रहेको हामीले महशुस गरेका छौं । बन्द हडताल जस्ता कार्यक्रमबाट आपर्ूर्ति व्यवस्था तहसनहस भई महंगीको भार खेप्दै आएको आम नागरिक झन् प्रताडित हुने र जस्को हकहितको लागि गरिएको हो उसैको हकहितको हनन् हुने भएकोले सो अनिश्चितकालिन आमहड्ताल तुरुन्त फिर्ता लिन हामी सम्बन्धीत सरोकारवाला समक्ष जोडदार अपिल गर्दछौं । राजनीतिको नाममा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने काम सदाको लागि बन्द गर्नु पर्‍यो र राष्ट्र निर्माणमा सबै एक जुट भएर अघि बढ्नु पर्दछ भन्ने निजी क्षेत्रको मान्यता रहेको छ । अर्थतन्त्र सुव्यवस्थित रहे राष्ट्र रहन्छ र राष्ट्र रहे राजनीति सबल र सफल रहन्छ । तर्सथ सहमती र सहकार्यको माध्यमबाट समस्याको निकास खोजी मुलुकमा शान्ति सुव्यवस्था, विधिको शासन लागू गरी आर्थिक विकास गर्न सम्पर्ूण्ा राजनीतिक पार्टर्ीी कटिबद्ध हुन समेत हामी अनुरोध गर्दछौं ।

मुलुकको आर्थिक विकासका लागि विरगञ्जस्थित सुख्खा बन्दरगाहको रेल्वे ट्रयाकलाई अमलेखगंजसम्म विस्तार गर्नु पर्ने

२०६६ माघ ७

विरगञ्जस्थित सुख्खा बन्दरगाहको रेल्वे ट्रयाकलाई अमलेखगंजसम्म विस्तार गर्न सके यस्ले मुलुकको आर्थिक विकासमा नै महत्वपर्ूण्ा भूमिका खेल्न सक्ने तथा यस्को प्रभावकारी संचालनका लागि वीरगञ्ज सि.आई.एफ.का लागि नेपाल सरकारले पहल गर्नु पर्ने विषयमा उद्योगीव्यवसायीहरुले जोड दिएका छन् । उक्त कुरा नेपाल चेम्बर अफ कमर्सले विरगंज उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलसंगको भेटघाटका अवसरमा आयोजित कार्यक्रममा बताएका हुन् । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपालको अर्थतन्त्रले अहिले भागिरहेको समस्याको बारेमा सरकारलाई निजी क्ष्ँेत्रले पहिले नै र्सतक हुन अनुरोध गरेको तर सरकारको अदूरदर्शीपनले गर्दा आज यो समस्या आएको बताउदै यदि समयमा नै सही कदम चाल्न नसके अर्थतन्त्र अझ धराशायी हुने जानकारी दिनु भयो । अध्यक्ष मालाकारले मुलुकको अर्थतन्त्र ब्रि्रनुमा विद्यमान राजनीतिक तरल स्थिति, ब्रि्रदो औद्योगिक वातावरण, चुलिदै गएको श्रम समस्या, लगानीमैत्री नीतिको कमी र सरकारको अदूरदर्शी नीति नै मुख्य रहेको बताउदै सत्ता र राजनीतिको नाममा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने काम गर्नु नहुने विचार व्यक्त गर्नु भयो । अध्यक्ष्ँ मालाकारले सीमित वस्तु र मुलुकमा आधारित नेपालको निर्यात व्यापारको विकासका लागि सरकारले नेपालको मौलिकता र प्रतिस्पर्धी क्षमता भएका वस्तुहरुको विकास गर्नु जरुरी रहेको र व्यापार सहजीकरणको प्रभावकारी माध्यमबाट नेपालको निर्यातयोग्य वस्तुहरुले वहन गर्दै आएको अनावश्यक लागतहरु घटाउनु जरुरी रहेको बताउनु भयो । साथै उहांले विरगञ्ज स्थित सुख्खा बन्दरगाह लगायत अन्य डर््राई पोर्टको प्रभावकारी संचालनबाट पनि मुलुकको निर्यात व्यापार विकास गर्न सकिने जानकारी दिनु भयो । उक्त अवसरमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक शरद विक्रम राणाले सरकारले उद्योग व्यवसायीहरुले पारवहनका सम्बन्धमा भोग्दै आएका समस्याहरु प्रति सरकार गंभीर रहेको र त्यही सर्न्दर्भमा सरकारले भारतको विशाखापटनम बन्दरगाहको प्रयोगका लागि अनुरोध गरेको जानकारी दिनु हुदै निकट भविष्यमा हुन गइरहेको वाणिज्य सचिवस्तरीय अन्तर सरकारी बैठकमा उक्त बन्दरगाह प्रयोगका लागि बाटो खुल्ने जानकारी दिनु भयो । कार्यकारी निर्देशक राणाले विरगञ्ज सुख्खाबन्दरगाहको अधिकतम उपयोगका लागि र यसबाट फाइदा लिनका लागि सिपि· लाइनको कस्टोडियनलाई सुख्खाबन्दरगाहसम्म ल्याउन सरकारले पहल गरिरहेको जानकारी दिनु भयो । कार्यक्रममा विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश सिकरीयाले मुलुकको आर्थिक केन्द्रको रुपमा परिचित विरगञ्ज जिल्लामा हुने गरेको सीमा वारपार अपराधले औद्योगिक एवं व्यवसायिक वातावरण खलबलिएको र यस्को समाधानका लागि सरकार समेत मौन रहेकोमा दुःख व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि सरकारले लगानी मैत्री श्रम नीति बनाउनु पर्नेमा जोड दिनु भयो । उहांले सरकारले कवाडी कर उन्मूलन गरे तापनि अझै पनि कृषि सेवा शुल्क र निर्यात शुल्कका नाममा विभिन्न करहरु उठाउने गरेको, विना कुनै गहन अध्ययन विना क्रसर उद्योगमा बन्द गर्ने नीतिले यस्मा भएको लगानी डुब्ने स्थिति सृजना भएको, कम्पनी ऐनमा समसामयिक परिमार्जन गर्नु पर्ने, विरगञ्जमा कोल्ड बेस थर्मल प्लान्ट निर्माण गर्न निजी क्ष्ँेत्र तयार रहेको तर सरकार मौन रहेका जस्ता विषयहरु उठाउनु भएको थियो । विरगञ्ज स्थित सुख्खा बन्दरगाहको विषयमा कार्यपत्र प्रस्तुत गर्दै विरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष्ँ अशोक तेमानीले सुख्खा बन्दरगाहलाई अझ प्रभावकारी बनाउन थप प्लेटर्फम तथा रेल्व ट्रयाक थप्नु पर्ने, तरल पदार्थ भण्डारणको सुविधा थप्नु पर्ने, लिफि्ट· मेसिशनका ममर्तका लागि अत्याधुनिक वर्कशप त्यस क्ष्ँेत्रमा निर्माण गर्नु पर्ने, क्रेन, स्टेकर तथा फ्ल्याट ट्रकको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

अक्टांडको कार्यक्रममा चेम्बर अध्यक्ष गेष्ट स्पिकरको रुपमा सहभागी

२०६६ मंसिर २२

अक्टांडले यही डिसेम्बर ११, २००९ मा जेनेभा, स्विटजरलेण्डमा आयोजना गर्न लागेको Transit ports servicing landlocked developing countries (LLDCs) विषयक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकार आगन्तुक वक्ताको रुपमा सहभागी हुनु हुदैछ । सो अवसरमा अध्यक्ष मालाकारले भूपरिवेष्ठित मुलुकको रुपमा नेपालले पारवहन सुविधाका विषयमा झेल्दै आएका समस्याहरु तथा यस्का विविध पक्षहरुका बारेमा बोल्नु हुनेछ । यसैगरी अध्यक्ष मालाकार जेनेभामा नै डिसेम्बर ८-१०, २००९ सम्म आयोजना हुने Multi-year expert meeting on transport and trade facilitation विषयक कार्यक्रममा समेत भाग लिनु हुनेछ । स्मरण रहोस् अध्यक्ष मालाकार विश्व व्यापार संगठनको सातौं मन्त्रिस्तरीय सम्मेलनमा समेत भाग लिनु भएको थियो ।

नेपाल र भारतको आर्थिक एवं व्यापारिक सम्बन्ध अभिवृद्धिका विषयमा छलफल

२०६६ मंसिर ९

मित्रराष्ट्र भारतका लागि नेपाली राजदूत रुक्म शम्सेर राणाले हालै सम्झौता भएको नेपाल-भारत वाणिज्य सन्धिको प्रभावकारी एवं सफलतम कार्यान्वयनमा आफ्नो ध्यान केन्द्रित रहने र नेपाल-भारत व्यापार एवं लगानी वृद्धिका सम्बन्धमा विगतमा भएका कामहरुको मूल्यांकन गर्दै अधुरो भएका कामहरु सम्पन्न गर्ने कुरा बताउनु भयो । उक्त कुरा राजदूत राणाले आज चेम्बरका पदाधिकारी एवं का.स.सदस्यहरुको भेटघाटमा बताउनु भएको हो । सो अवसरमा राजदूत राणाले नेपाल र भारतबीचको व्यापारमा विद्यमान समस्याहरुको समाधानका लागि दर्ुइ देशका निजी क्ष्ँेत्रबीच लगातार रुपमा भेटघाट भइरहनु पर्ने विचार व्यक्त गर्नु भयो । साथै उहांले नेपाली निर्यातयोग्य वस्तुहरुले भारत निकासीमा भोग्दै आएका गैर-भन्सार अवरोधहरु हटाउने र नेपाललाई लगानी गन्तव्यको रुपमा भारतमा चिनाउने तर्फआफू क्रियाशील रहने बताउनु भयो । राजदूत राणाले नेपाल-भारत व्यापारमा देखिएको नेपाल तर्फो व्यापार घाटा न्यून गर्ने तर्फआफू प्रयासरत रहने तथा नेपालको जलविद्युत, पर्यटन एवं कृषि क्ष्ँेत्रमा भारतीय लगानी भित्र्याउने तर्फआफू क्रियाशिल रहने बताउनु भयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले हालै सम्पन्न नेपाल-भारत वाणिज्य सन्धिबाट नेपालको व्यापार अभिवृद्धिमा उल्लेखनीय रुपमा वृद्धि नभए तापनि वैदेशिक लगानी भित्र्याउनमा सन्धिले सहयोग गर्ने विचार व्यक्त गर्नु भयो । अध्यक्ष्ँ मालाकारले भारत निकासी हुने नेपाली वस्तुहरुमा नेपालको खासै प्रतिस्पर्धी क्षमता नभएकोले यसबाट उल्लेखनीय रुपमा फाइदा नपुग्ने विचार व्यक्त गर्नु भएको थियो । अध्यक्ष्ँ मालाकारले नयां सन्धिको मर्म अनुसार सन्धिमा भएको प्रावधानहरु लागू गर्न भारतको केन्द्रिय सरकारले आफ्ना प्रान्तिय सरकारहरुलाई बिना हिच्किचाहट कार्यान्वयन गर्न निर्देशन दिनु पर्ने अनुरोध गर्नु भयो। अध्यक्ष्ँ मालाकारले नेपाल भारतबीचको व्यापारमा देखिएको विकराल व्यापार घाटा कम गर्न आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा प्रयोग गर्दै सन्धिबाट अधिकतम फाइदा लिन सक्नु पर्ने विचार व्यक्त गर्नु भयो । अध्यक्ष्ँ मालाकारले नेपालको वैदेशिक एवं क्ष्ँेत्रीय व्यापार वृद्धिका लागि नेपालले भारतसंग विना अवरोधको पारवहन सुविधा, नेपालमा निर्मित डर््राईपोर्टको सफल संचालन, एवं वैकल्पिक पोर्टका लागि विशेष पहल गर्नु पर्ने बताउनु भयो । उहांले नेपालको जलश्रोत, सूचना प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा भारतीय लगानी अभिवृद्धि गर्न पनि पहल गर्नु पर्ने सुझाव दिनु भएको थियो । चेम्बरका प्रथम उपाध्यक्ष लोक मान्य गोल्छा, महासचिव किशोर कुमार अग्रवाल तथा कोषाध्यक्ष राजेन्द्र मल्लले भारत निकासीमा नेपाली वस्तुहरुमा लाग्दै आएको गरेका गैर-भन्सार अवरोधहरु हटाउनु पर्ने, भारतमा नेपालको प्रचार प्रसार गर्नु पर्ने, नेपाललाई आकर्ष गन्तव्यको रुपमा भारतमा परिचित गराउनु पर्ने जस्ता सुझावहरु दिनु भएको थियो । यसैगरी चेम्बरका का.स.सदस्य देवेन्द्र भक्त श्रेष्ठ, सन्तोष कुमार पाण्डे तथा नेपाल पश्मिना उद्योग संघका प्रतिनिधि विजय दुगडले भारतले अत्यावश्यकीय खाद्यान्न वस्तुहरुको नेपाल निर्यातमा लगाएको बन्देज खुलाउनु पर्ने, पश्मिनालाई टेक्सटाइलको रुपमा गणना गरी भारत लगाउदै अँएको कर हटाउनु पर्ने तथा कोलकत्ता पोर्टमा नेपाली कन्टेनरले भोग्दै आएको समस्या समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।

नेपाल-अष्टे्रलिया दौत्य सम्बन्ध स्थापति भएको पचासौं वर्षांठको अवसरमा विभिन्न पर््रवर्द्धनात्मक कार्यक्रमहरु संचालन हुने

२०६६ कार्तिक २३

अष्टे्रलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकालले नेपाल र अष्ट्रेलियाबीच स्थापित दौत्य सम्बन्धको पचासौं वर्षांठको अवसरमा यही २०१० प|mेबुअरीदेखि अष्टे्रलियामा संचालन गर्न लागेको विभिन्न कार्यक्रमहरुका बारेमा जानकारी दिदै उक्त कार्यक्रमहरुमा निजी क्ष्ँेत्रको सहभागिताका लागि अनुरोध गर्नु भयो । उक्त कुरा राजदूत ढकालले आज नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकार तथा अन्य पदाधिकारीहरुसंगको भेटमा बताउनु भएको हो । राजदूत ढकालले अष्ट्रेलियामा नेपाललाई चिनाउने यो एउटा सुवर्ण्र्ाावसरको रुपमा रहेको बताउनु हुदै यसलाई सफलतापर्ूवक सम्पन्न गर्न अष्टे्रलियामा बसोबास गर्दै आएका नेपालीहरुको पनि सहयोग लिने बताउनु भयो । उहांले द्धिराष्ट्रिय सम्बन्ध विकासका लागि दुबै मुलुकका निजी क्षेत्रबीचको सम्बन्धमा वृद्धि हुनु पर्ने विचार व्यक्त गर्दै सो वाषिर्कोत्सव कार्यक्रममा नेपालको निजी क्ष्ँेत्रबाट सक्रिय रुपमा सहयोग एवं सहभागिता हुने विश्वास व्यक्त गर्नु भयो । भेटघाटका अवसरमा चेम्बरका अध्यक्ष सुरेन्द्र बीर मालाकारले नेपालको विकास गतिविधिहरुमा अष्टे्रलियाको योगदान उल्लेखनीय रुपमा नरहेको बताउनु हुदै यस तर्फविशेष पहल गर्न राजदूतलाई अनुरोध गर्नु भयो । साथै द्धिपक्षीय व्यापारमा देखिएको नेपाल तर्फो व्यापार घाटा कम गर्न आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा परिचालन गर्नु पर्ने विचार समेत व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले नेपाल र अष्टे्रलियाको दौत्य सम्बन्ध स्थापित भएको पचासौं वर्षो अवसरमा नेपाली राजदूतावासले मनाउन लागेको कार्यक्रमहरुमा नेपालको निजी क्ष्ँेत्रको पर्ूण्ा सहयोग र सहकार्य हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमहरुबाट नै नेपालको व्यापार, पर्यटन र लगानीको पर््रवर्द्धन हुने विचार व्यक्त गर्नु भयो । साथै उहांले बजेटको अभावले गर्दा नेपालको आर्थिक कुटनीति प्रभावकारी हुन नसकेको विचार व्यक्त गर्दै बाहिरी मुलुकहरुमा नेपालको प्रचारप्रसार गर्नका लागि संचालन गरिने विभिन्न पर््रवर्द्धनात्मक कार्यक्रमहरुको लागि नेपाल सरकारले यथेष्ट मात्रामा बजेट छुट्टयाउनु पर्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल चेम्बरका वरिष्ठ उपाध्यक्ष सुरेश कुमार बस्नेत तथा कोषाध्यक्ष राजेन्द्र मल्लले नेपालका निर्यातयोग्य वस्तुहरुको लागि अष्टे्रलिया बजार आकर्ष हुने विचार व्यक्त गर्दै सोको लागि नेपालको बारेमा लोकल टेलिभिजन मार्फ प्रचारप्रसार गर्नुपर्ने एवं गैरनेपाली नागरिकहरुलाई परिचालन गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।

ˆ Top

 
6  7  8  9  10  11 
                                                                                                                                                                                                                                                                                                           
© 2007 Nepal Chamber of Commerce. All Rights Reserved.
Best Viewed in 1024 × 768 pixels