Home | Contact | Feedback


Home
Introduction
About Nepal
Executive Members
Secretariat
Policies
Publication
Press Releases
Members Information
Honorary Representative Abroad
Photo Gallery
Related Sites


Currency Buying Selling
US 74.55 75.15
Euro 95.48 96.24
Pound 114.60 115.52

More



View Detail
Home » Press Releases
Press Releases

सुनको आयातमा गरेको नियन्त्रणले मुलुकको अर्थतन्त्रमा सुधार आएको विश्वास

२०६६ फागुन ५

अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा दीगो आर्थिक विकासका लागि प्राथमिक वस्तुहरुको औद्योगिकरणमा ध्यान दिनु पर्ने र आर्थिक मुद्दाका विषयमा गंभीर हुन निजी क्षेत्रले राजनीतिक पार्टर्ीीलाई पनि अनुरोध गराउनु पर्ने विचार व्यक्त गर्नु भयो । उक्त कुरा अर्थमन्त्रीले आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बताउनु भएको हो । सो अवसरमा अर्थमन्त्री पाण्डेले "सरकारले सुनको आयातमा कडाइ गरेको कारणले हाल व्रि्रेशण प्रवाहमा सकारात्मक असर परेको" बताउनु हुदै यसबाट संकटोन्मुख मुलुकको अर्थतन्त्र सुधार गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहांले नेपालको अर्थतन्त्रमा शोधानान्तर घाटाको कारण संकटको असरहरु देखा पर्ने बित्तिकै सुधारात्मक कार्यहरु गरेको बताउनु हुदै वित्तिय क्षेत्रहरुले घरजग्गा जस्ता अनुत्पादक क्षेत्रहरुमा गरेको अनियन्त्रित लगानी रोक्न उचित कदम समेत चालेको बताउनु भयो । र् अर्थमन्त्री पाण्डेले बद्दो मुद्रास्पिmतिको सर्न्दर्भमा व्याज दरमा वृद्धि हुनु स्वभाविक भएको भए तापनि यस्ले औद्योगिक विकासमा पारेको असर निराकरण गर्न छलफल भइरहेको जानकारी दिदै मुलुकको आर्थिक विकासका पक्ष्ँमा निजी क्ष्ँेत्रले पनि जिम्मेवारपर्ूवक आफ्नो कर्तव्य पालन गर्नु पर्नेमा जोड दिनु भयो । उहांले मुलुकमा विद्यमान उर्जा संकटको समाधानका लागि सरकारले चाडै नै करिब ५०० मेगावाटको जलविद्युत परियोजना शुरु गर्न लागेको र १००० मेगावाट बोक्न सक्ने ढल्केपुर-मर्ुजरफुर ट्रान्समिसन लाइन निर्माण गर्ने कार्य शुरु गर्न लागेको जानकारी दिनु भयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले सरकारले मुलुकको आर्थिक विकासको आधार औद्योगिक विकासलाई भन्दा पनि रेमिटेन्सलाई बनाएको र औद्योगिक विकासमा विद्यमान अवरोध एवं समस्याहरुको समयमा नै निराकरण नगरेकोले आज यो स्थिति आएको बताउनु भयो । उहांले "मुलुकमा विद्यमान आन्तरिक द्धन्द्ध, श्रम समस्या, कमजोर एवं अपुग भौतिक पर्ूवाधार तथा उर्जा संकट जस्ता समस्याहरुले गर्दा नेपालका उद्योगहरु धराशायी हुन पुगेको" भन्दै कमजोर शान्ति सुरक्षाको स्थिति तथा विधिको शासनको कमीले गर्दा मुलुकमा थप लगानीहरु भित्रिन नसकेको तथा भएको लगानी पनि बाहिरिने क्रम बढ्ेकोले नेेपालको आयात बढेको बताउनु भयो । अध्यक्ष मालाकारले वर्तमान आथिृक संकटको मुख्य जिम्मेवार कमजोर निकासी व्यापार, बढ्दो आयात व्यापार तथा रेमिटेन्सको प्रवाहमा भएको न्यून वृद्धि हो भन्नु हुदै यस्को समाधानका लागि सरकारले बेलैमा उचित कदम चाल्नु पर्ने विचार व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले वित्तिय संस्थाहरुले गर्ने कर्जा लगानी सम्पर्ूण्ालाई एउटै बास्केटमा नराखी औद्योगिक विकासका सरकारले वित्तिय रुपमा समेत सरल र सहज वातावरण बनाउनु पर्ने अनुरोध गर्नु भयो । साथै रेमिटेन्सलाई उत्पादकमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सरकारले घोषणा गरेको "वैदेशिक रोजगार बचतपत्र"को पनि यथास्रि्र कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो । यसैगरी चेम्बरका सचिव कमलेश कुमार अग्रवालले कार्यपत्र प्रस्तुत गर्नुहुदै वित्तिय बजारमा तरलता अभावको कारणले वित्तिय संस्थाहरुले बढाउदै लगेको व्याजदरले गर्दा नयां लगानी तथा योजनाहरु हतोत्साहित हुन गएको बताउनु हुदै सरकारको राजश्व केन्द्रित नीतिले गर्दा समग्र अर्थतन्त्रमा नै नकारँत्मक प्रभाव परेको बताउनु भयो। कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सुरवीर पौडेलले अर्थतन्त्रमा परेको संकटको समाधानका लागि मौद्रिक तथा वित्तिय नीतिमा समसामयिक रुपमा परिवर्तन गर्नु पर्ने धारणा प्रस्तुत गर्दै सरकारले चाडै नै म्युचल फण्ड ल्याउने तयारीमा रहेको बताउनु भयो । यसैगरी राष्ट्रिय योजना आयोगका पर्ूव उपाध्यक्ष पृथ्वीराज लिगले यदि समयमा नै अर्थतन्त्रमा परेको संकटको समाधान नहुने हो भने यस्ले अझ विकराल रुप लिने बताउदै हाल वित्तिय क्षेत्रमा देखा परेको तरलता अभावका प्रमुख कारण मध्ये सरकारले पूंजीगत खर्च गर्न नसक्नु रहेको बताउनु भयो ।

व्यवसायी जमिम शाहको हत्याको घोर निन्दा एवं भत्र्सना ।

२०६६ माघ २६

यही माघ २४ गते अति सुरक्षित मानिएको लाजिम्पाटको व्यस्त सडकमा दिनदहाडै स्पेसर्टाईम नेर्टवर्कका अध्यक्ष एवं च्यानल नेपालका प्रबन्ध निर्देशक जमिम शाहको गोलि हानी हत्या भएको गम्भीर र दुःखदायी घटना प्रति नेपाल चेम्बर अफ कमर्स घोर निन्दा र भत्र्सना गर्दछ। यो घटनाले राजधानी लगायत मुलुककोे सुरक्षा व्यवस्था कस्तो रहेको छ भन्ने अहम् प्रश्न खडा भएको छ । यस्तो कायरतापर्ूण्ा आक्रमणको चेम्बर घोर भत्सना गर्दै हत्याकाण्डका दोषीहरुलाई छिटो भन्दा छिटो प्रक्राउ गरी उचित कारवाही गर्न सरकारसंग निजी क्ष्ँेत्र जोडदार माग गर्दछ । निजी क्षेत्रका उद्यमीव्यवसायीहरु माथी श्रृंखलाबद्ध रुपमा भइरहेको यस्ता आक्रमणहरु र आक्रमण पश्चात दोषिहरु प्रक्राउ नपर्ने क्रमले गर्दा सम्पर्ूण्ा निजी क्षेत्र आतंकित भएको छ । यस्ता घटनाहरुले व्यवसायीहरुमा थप निराशा र आक्रोश बढेको छ । यस्ता घटनाहरुले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पार्ने निश्चीत छ । अतः यस्ता घटनाहरु नदोहोरिनको लागि सरकारले शान्ति सुरक्षाको आभास हुने गरी आफ्ना संयन्त्रहरुमा व्यापक सुधार ल्याई आम जनतामा सुरक्षाको प्रत्याभूति हुने गरी उचित व्यवस्था समेत गर्न चेम्बर जोडदार माग गर्दछ । राजनीतिक खिचातानीका कारण मुलुकमा अपराधिक क्रियाकलापहरुमा बृद्धि भईरहेको विश्लेषण निजी क्षेत्रले गरेको छ । तर्सथ बर्तमान शान्ति सुरक्षाको समस्याको उचित निकास खोजी मुलुकमा शान्ति सुव्यवस्था, विधिको शासन लागू गरी आर्थिक विकास गर्न सम्पर्ूण्ा राजनीतिक पार्टर्ीी कटिबद्ध हुन समेत निजी क्षेत्र हार्दिक अनुरोध गर्दछ ।

अफगानिस्तान-नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि स्थापना गर्ने सम्बन्धमा सहमत

२०६६ माघ १९

र्सार्क राष्ट्रका दर्ुइ सदस्यहरु- नेपाल र अफगानिस्तानबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने तथा निजी क्षेत्रबीच सामिप्य बढाउने उद्देश्यले "अफगानिस्तान-नेपाल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि" स्थापना गर्ने सम्बन्धमा दर्ुइ मुलुकका निजी क्षेत्रहरुबीच सहमति कायम भएको छ । हालै चिनको सिचुआन प्रान्तको भ्रमाको अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकार तथा अफगानिस्तान चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सिरिन आगा साखी मोहम्मदले उक्त सहमती पत्रमा हस्ताक्षर गर्नु भएको हो । सो विषयमा जानकारी दिनु हुदै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले यस संस्थाको स्थापनाबाट नेपाल र अफगानिस्तानबीचको आर्थिक, व्यापारिक तथा मैत्री सम्बन्ध विस्तारमा कोशेढु·ा सावित हुने विश्वास लिएको बताउनु हुदै दर्ुइ मुलुकबीचका व्यापारिक कारोबार हाल नगण्य रुपमा रहेको भए तापनि भविष्यमा अफगानिस्तान नेपाली उत्पादनहरुको राम्रो बजार रहन सक्ने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष मालाकारले अहिलेको विश्वव्यापीकरणमा कुनै पनि मुलुकबीचको आर्थिक सम्बन्ध विस्तार गर्नका लागि ती मुलुकहरुको निजी क्ष्ँेत्रबीच निरन्तर रुपमा सम्बन्ध र सहकार्य हुनु पर्नेमा जोड दिदै यही कुरालाई मनन् गर्दै नेपाल चेम्बर अफ कमर्सले सो सहमती गरेको बताउनु भयो । अफगानिस्तान-नेपाल चेम्बर अफ कमर्सको मुख्य उद्देश्य द्धिपक्षीय निजी क्षेत्रको सम्बन्ध प्रगाढ र मजबुत बनाउदै व्यापार, लगानी, प्रविधि हस्तँन्तरण, सेवा तथा अन्य अँैद्यँेगिक क्षेत्रको विकास तथा पर््रवर्द्धनमा सघाउन पुर्‍याउनु रहेको छ । उक्त संस्थाको अध्यक्षता पालो/पालो गरी दर्ुइ वर्षो लागि रहने छ भने कार्यसमिति सदस्यमा दुबै मुलुकका १५/१५ सदस्य प्रतिनिधिहरु रहने व्यवस्था पनि गरिएको छ । उक्त संस्थाको सचिवालय नेपाल चेम्बर अफ कमर्स र अफगानिस्तान चेम्बर अफ कमर्सको सचिवालयमा रहने व्यवस्था गरिएको छ र निरन्तर रुपमा द्धिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध विकासका लागि संयुक्त बैठक नेपाल र अफगानिस्तानमा पालो पालो गरी बस्ने व्यवस्था पनि गरिएको छ । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका सचिव राजेश बाबु श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

दक्षिण एशिया र चिनको सिचुआन प्रान्तबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने सम्बन्धमा ति मुलुकहरुको निजी क्षेत्रहरुको चेम्बर अफ कमर्सबीच समझदारी कायम

२०६६ माघ १७

दक्षिण एशियाका आठ मुलुकहरु र चिनको सिचुआन प्रान्तबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले नेपाल लगायत चिन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका निजी क्षेत्रका शिर्षथ संस्थाहरुबीच एक समझदारी कायम भएको छ । चिनको चे·दुमा हालै सम्पन्न भएको "दक्षिण एशिया-सिचुआन व्यापार पर््रवर्द्धन सेमिनार" बाट भाग लिएर आउनु भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकारले उक्त जानकारी दिनु भएको हो । अध्यक्ष मालाकारले यस समझदारीबाट चिन र दक्षिण एशियाली मुलुकहरुबीचको व्यापारिक सम्बन्ध अझ मजबूत हुने र यसबाट दक्षिण एशियाली क्षेत्रको नै आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । उहांले चिन र दक्षिण एशियाली मुलुकहरु बीच व्यापार, लगानी तथा पर्यटन अभिवृद्धि गर्ने प्रशस्त संभावनाहरु रहेको र सन् २००८ मा मात्र यस क्षेत्र र चीनबीच करिब ६६ बिलियन अमेरिकी डलर बराबरको व्यापारिक कारोबार भएको जानकारी दिनु भयो । समझदारीमा दक्षिण एशिया र चिनबीच आर्थिक सम्बन्ध मजबूत बनाउन विभिन्न कार्यहरु गर्ने≤ व्यापार, लगानी, प्रविधि एवं पारवहन तथा यातायात सम्बन्धी सूचना आदानप्रदान गर्ने≤ एकअर्काको मुलुकमा हुने मेला, सेमिनार, पर््रदर्शनीहरुमा भाग लिने तथा निजी क्ष्ँेत्रहरुबीचको र्सर्म्पक अभिवृद्धि गर्न प्रतिनिधिमण्डलहरुको आदानप्रदान गर्ने विषयमा समझदारी भएको छ । सो सम्झौतामा नेपालको तर्फाट नेपाल चेम्बर अफ कमर्स तथा नेपाल चीन कार्यकारी परिषद, अफगानिस्तानबाट अफगानिस्तान चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, बंगलादेशबाट फेडरेशन अफ बंगलादेश चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, भुटानबाट भुटान चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, भारतबाट बम्बे चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, माल्दिभ्सबाट माल्दिभ्स नेशनल चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज, पाकिस्तानबाट फेडरेशन अफ पाकिस्तान चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि, श्रीलंकाबाट नेशनल चेम्बर अफ कमर्स अफ श्रीलंका तथा श्रीलंका बिजिनेश कोअपरेशन काउन्सिल, चीनबाट सि.सि.पि.आइ.टि सिचुआन काउन्सिल र र्सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिका उच्चस्तरीय प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

दक्षिण एशिया तथा सिचुआन -चीन) आर्थिक सम्बन्ध पर््रवर्द्धन गोष्ठीमा नेपाल चेम्बर अफ कमर्सको सहभागिता

२०६६ माघ १२

मित्रराष्ट्र चीनको सिचुआन प्रान्तका सि.सि.पि.आई.टि. सिचुआन काउन्सीले यही १३-१५ माघ, २०६६ सम्म आयोजना गर्न गइरहेको "दक्षिण एशिया-सिचुआन व्यापार पर््रवर्द्धन सेमिनार" मा सहभागी हुनका लागि यस नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र बीर मालाकार तथा सचिव राजेश बाबु श्रेष्ठ आज त्यस तर्फप्रस्थान गर्नु भएको छ । सिचुआन प्रान्त चीनको पश्चिमी क्षेत्रको सबैभन्दा ठूलो अर्थतन्त भएको प्रान्त हो, जस्को आर्थिक वृद्धि दर सन् २००९ मा १३.५ प्रतिशत रहेको छ । तर्सथ यस क्ष्ँेत्र र दक्षिण एशियाली मुलुकहरुबीचको व्यापारिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्न उक्त गोष्ठीको आयोजना गर्न लागिएको हो । उक्त सेमिनारमा अध्यक्ष मालाकारले नेपाल र चीनबीच सदियौंदेखि रहदै आएको आर्थिक सम्बन्धलाई थप मजबूत पार्न तथा द्धिपक्षीय व्यापार एवं लगानीका संभाव्य क्ष्ँेत्रहरुका बारेमा विस्तृत रुपमा जानकारी दिदै कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । सेमिनारमा नेपाल लगायत माल्दिभस, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, बंगलादेश, भारत तथा भुटानका उच्चस्तरीय व्यापारिक प्रतिनिधिहरुको समेत सहभागिता रहने छ ।

ˆ Top

 
5  6  7  8  9  10  11 
                                                                                                                                                                                                                                                                                                           
© 2007 Nepal Chamber of Commerce. All Rights Reserved.
Best Viewed in 1024 × 768 pixels